जनता टाइम्स

२१ मंसिर २०७६, शनिबार १४:२१

पूर्वमन्त्री बस्नेत र मेयर थापाले गरे गुण्डु वृहत खानेपानी आयोजनाको शिलान्यास


भक्तपुर, मंसिर २१ । सूर्यविनायक नगरपालिका वडा नम्बर ७ मा गुण्डु वृहत खानेपानी अन्तर्गत ट्याङ्की निर्माण र पाईपलाइन विस्तार कार्यको शिलान्याश भएको छ । भक्तपुर २ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका पूर्वमन्त्री महेश बस्नेत र सूर्यबिनायक नगरपालिकाका मेयर बासुदेव थापाले आज संयुक्त रुपमा सो आयोजनाको शिलान्यास गर्नुभयो ।

सूर्यबिनायक नगरपालिकाको आर्थिक बर्ष २०७६/०७७ को स्वीकृत योजना ६०/४० अन्तर्गत नगरपालिका बाट रु नगरपालिकाबाट ६० लाख र काठमाडौं वल्ड स्कुल गुण्डूको तर्फबाट ४० लाख गरी कुल एक करोड रुपैयाको लागतमा यो आयोजना अघि बढाइने छ । जस अन्तर्गत गुण्डू वृहत् खानेपानीको २ लाख लिटर ट्याङ्की निर्माण र पाईपलाइन विस्तार कार्य हुनेछ ।