जनकपुर, मंसिर २१
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालकी संगीता धामीले स्वर्ण जितिन् । ५५ केजी तौल समुहमा उनले बंगलादेशी प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण जितेकी हुन् ।
जनकपुरस्थित हबर्ड हलमा शनिवार भएको खेलमा बंगलादेशकी सकिरा रेनीलाई ५–१ ले पराजित गरेकी हुन् । कुस्तीमा नेपाललाई स्वर्ण दिलाएकी संगीता जितपछि भावुक भइन् ।
संगीताका खुसीका आँसुमात्र झरेनन् उनी भावुक भएर रुनै थालिन् । संगीता भक्कानिएर रोएपछि उनलाई प्रशिक्षक र सहयोगीले सम्हाल्नु परेको थियो । स्वर्ण विजेता संगीता महेन्द्रनगरकी हुन् । जितसँगै नेपालको स्वर्ण पदकको सख्या ४३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्