हामी मतदाताले यो बुझ्न जरुरी छ कि विकास एउटा यात्रा हो । गन्तव्य ‘समृद्ध नेपाल र सुखी नेपाली’ हो । एमालेले त्यो यात्रालाई सही दिशामा लगेको छ र गन्तव्यमा पुग्ने प्रण गरेको छ । अधुरा पुल, अलपत्र परेका सडक, ठप्प भएका खानी उत्खनन, र बिथोलिएका रेल यातायात र जल यातायातका योजनाहरू पूरा गर्न एमालेकै नेतृत्व चाहिन्छ।
नन्दु उप्रेती
नेपालको राजनीतिक इतिहासमा नेकपा एमाले सधैँ राष्ट्रिय स्वाधीनता, जनताको जीविकोपार्जन र भौतिक विकासको पर्याय बनेर उदाएको छ । विभित्र समयमा बनेका सरकारहरूमा एमालेको नेतृत्व र सहभागिताले मुलुकलाई नयाँ उचाइमा पुर्याउने काम गरेको छ। विगतदेखि हालसम्म एमालेले अघि सारेका योजना र परियोजनाहरू कति पूरा भए, कति अधुरा छन्, र कसरी अर्को पटकको जितले ती अधुरा सपनालाई पूर्णता दिनेछ भन्ने विषय आजको आवश्यकता हो ।
एमालेको शासन : आफ्नो गाउँ आफैँ बनाऊँदेखि समृद्ध नेपाल, सुखी नेपालीसम्म
नेकपा एमालेले नौ महिने सरकारको नेतृत्व गर्दा “आफ्नो गाउँ आफैँ बनाउँ” को अभियान थालेको थियो। यो केवल एउटा नारा मात्र थिएन, स्थानीय जनतालाई आफ्नो विकासको नेतृत्वकर्ता बनाउने एउटा क्रान्तिकारी सोच थियो। यसले स्थानीय तहलाई सशक्त बनाउने र गाउँगाउँमा विकासको जग बसाल्ने काम गर्यो । त्यतिमात्र होइन, एमाले नेतृत्वको सरकारले वृद्धवृद्धाको सम्मान गर्दै वृद्ध भत्ताको व्यवस्थित वितरण सुनिश्चित गर्यो, जसले समाजको जरोलाई बलियो बनायो । पटकपटक सत्ताको सहभागी तथा नेतृत्वकर्ता बन्दा एमालेले नेपालको कुटनीतिक पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा उच्च स्थानमा पुर्यायो। राष्ट्रिय स्वाभिमानका पक्षमा स्पष्ट अडान लिँदै छिमेकी मुलुकहरूसँग सन्तुलित सम्बन्ध राख्ने नीति अवलम्बन गरियो।
शिक्षा, स्वास्थ्य, सिँचाइ, जल तथा स्थल यातायात र खानी उत्खननका क्षेत्रमा एमालेकै नेतृत्वमा दीर्घकालीन सोचका साथ काम भए। जलस्रोतको विकास गरी ऊर्जामा आत्मनिर्भर बन्ने अभियान, रेल यातायातको सम्भावना खोज्ने कार्य, र भूमिगत खानीहरूको उत्खनन गरी आर्थिक समृद्धिको ढोका खोल्ने प्रयास एमालेकै कार्यकालमा अगाडि बढे । पछिल्लो समयमा आएर यही अभियानलाई व्यापकता दिँदै “समृद्ध नेपाल, सुखी नेपाली” को महान् राष्ट्रिय आकांक्षाका रूपमा विकसित गरियो।
अधुरा योजना र बिथोलिएका परियोजनाका पीडा
एमालेले अघि बढाएका कतिपय महत्त्वपूर्ण आयोजनाहरू पूरा हुन नपाउँदै अर्को राजनीतिक शक्ति सत्तामा आएपछि बिथोलिए। ती परियोजनाहरू आज पनि अधुरै छन्, ती सपनाहरू आज पनि तड्पिरहेका छन्।
नेकपा एमालेका प्रत्येक उम्मेदवाले मतदातासँगको भेटमा भन्ने गरेको यो कुराले यथार्थ झल्काउँछ स् “विगतमा पूरा गर्न बाँकी रहेका धेरै कामहरू अझै अधुरा छन् । ती काम पूरा गर्न एमाले उमेदवारहरू फेरि विजयी हुनुपर्छ ।ू यो कुनै एक निर्वाचन क्षेत्रको मात्र अवस्था होइन, यो सम्पूर्ण नेपालकै अवस्था हो । योजनामा परिसकेका तर पुल नबनेर अलपत्र परेका ठाउँहरू यत्रतत्र छन् । थुप्रै सिँचाइ आयोजनाहरू पूरा हुन बाँकी छन् । रेल यातायात अल्पकार्यन्वयनको अवस्थामा छ ।
जल यातायातका सम्भावनाका अध्ययनहरू रोकिएका छन् । निर्माणाधीन सुरुङमार्गहरू पूरा गर्नु छ । विभिन्न खनिजपदार्थहरूका अधुरा अध्ययन, उत्खनन् र प्रशोधन एवं उत्पादनका कार्यहरूलाई बेवास्ता गरिएको छ । यी सबैले एउटै सन्देश दिइरहेका छन् : एमालेको विकासको मोडललाई पूर्णता दिन एमालेकै नेतृत्व आवश्यक छ। यसर्थ फागुन २१ को निर्वाचनमा एमालेलाई बहुमत दिनुपर्छ ।’

अबको योजना : विकासलाई निरन्तरता
नेकपा एमालेले आसन्न फागुन २१ गतेको निर्वाचनपछि पनि यी अधुरा कार्यभार पूरा गर्ने प्रतिबद्धता जनाएको छ। पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा आर्थिक विकास, युवा तथा उद्यमशीलता, र सामाजिक न्यायलाई मुख्य प्राथमिकता दिइएको छ । नेकपा एमालेले आफ्नो नवौं महाधिवेशनदेखि नै समाजवादउन्मुख आर्थिक विकासको बाटो रोजेको हो । त्यसबेला लिइएको निर्णय आजको “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकाङ्क्षासँग जोडिएको छ। यो नेपाललाई समुन्नत र नेपालीलाई समृद्ध नागरिक बनाउने दीर्घकालीन कार्यक्रम हो । यसको सफलताका लागि नेकपा एमालेकै बहुमतको सरकार बन्न आवश्यक छ ।
निष्कर्ष : एमालेलाई बहुमत, अधुरो यात्रालाई पूर्णता
हामी मतदाताले यो बुझ्न जरुरी छ कि विकास एउटा यात्रा हो । गन्तव्य ‘समृद्ध नेपाल र सुखी नेपाली’ हो । एमालेले त्यो यात्रालाई सही दिशामा लगेको छ र गन्तव्यमा पुग्ने प्रण गरेको छ । अधुरा पुल, अलपत्र परेका सडक, ठप्प भएका खानी उत्खनन, र बिथोलिएका रेल यातायात र जल यातायातका योजनाहरू पूरा गर्न एमालेकै नेतृत्व चाहिन्छ।
अन्य शक्तिहरूले यी परियोजनालाई निरन्तरता नदिएर राजनीतिक स्वार्थमा अल्झाए । उनीहरूमा राष्ट्र निर्माण र विकासका यस्ता दीर्घकालीन एवं राष्ट्रिय योजना र कालजयी उपलब्धीका सोच आउनसक्ने अवस्था पनि देखिदैन । त्यसैले आममतदाताले आसन्न फागुन २१ गतेको निर्वाचनमा नेकपा एमालेलाई बहुमत दिएर पुनः देश र जनताको सेवा गर्ने अवसर प्रदान गर्नुछ ।
सफल अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिका कारण नेकपा एमालेकै विभिन्न कार्यकालमा सन्तुलित वैदेशिक सम्बन्ध विकास भएको छ । छिमेकी देशहरू भारत र चीन दुवैसँग बराबर महत्त्वका साथ ब्यापार तथा पारवहन सन्धि सम्झौता भएका छन् । अब दुवै देशसँग समान हैसियतको सम्बन्धलाई निरन्तरता दिनुछ ।
यस्तो अवस्थामा नेपाली जनताले विचार पुर्याउनै पर्छ किनकि एमालेले मात्र सरकारको नेतृत्व गर्दा देशमा विकासको आँधी आउन सक्छ, सम्पूर्ण अधुरा कामहरू पूरा हुँदै नयाँ कार्यहरू अगाडि बढ्न सक्छन् । जनताले देशमा सुव्यवस्थित शासन भएको अनुभूति गर्न सक्छन्, र नेपालले अन्तर्राष्ट्रिय जगतमा आफ्नो स्वाभिमानपूर्ण उपस्थिति दर्ज गराउन सक्छ ।
त्यसैले
‘एमालेको बहुमतका लागि फागुन २१ मा सूर्य चिन्हमा छाप,
अधुरा सपना पूरा गर्ने अभियानमा नेपाली जनताको साथ ।’













प्रतिक्रिया दिनुहोस्