जनता टाइम्स

२२ मंसिर २०७६, आईतवार ०९:५४

चितवन अटो दुर्घटना अपडेट : पाँच मृतकमध्ये चारको परिचय खुल्यो


चितवन, मंसिर २२

राप्ती नगरपालिका–४ चेपाङ मार्गमा हिजो साँझ भएको अटो दुर्घटनामा मृतक पाँच मध्ये चार जनाको परिचय खुलेको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा पर्वत कुस्मा नगरपालिका पिपलटारी घर भई चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४९ वर्षीय श्यामप्रसाद तिवारी, खैरहनी–९ का ४२ वर्षीय विश्वमणी भण्डारी, राप्ती ९ का २५ वर्षीय मीना खड्का र राप्ती नगरपालिका–९ रसौलीका ३२ वर्षीया माया तामाङ रहेको जानकारी दिएको छ । करिव ४० वर्षीय एक महिलाको परिचय अझै खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

अटो चालक खैरहनी नगरपालिका–३ का २६ वर्षीय मणीराम गिरीको गम्भीर अवस्थामा पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । राप्ती नगरपालिका–४ चेपाङ मार्गको भित्री सडकखण्डबाट चौकी डाँडातर्फ गईरहेको ना १ ह ६४०९ नम्बरको अटो शनिवार साँझ अनियन्त्रित भई पल्टिदा त्यसमा सवार ५ जनाको मृत्यु भएको थियो ।