जनता टाइम्स

२२ मंसिर २०७६, आईतवार १०:२०

लमजुङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु


लमजुङ, मंसिर २२

लमजुङमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बेंसीसहरबाट गोरखा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको बस सुन्दरबजार नगरपालिका ७ पाउँदीमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको प्रहरीले बताएको छ ।

उक्त बस प्रहरी चेक पोष्ट नजिकैबाट करिव १०० मिटर तल खसेको छ । बस दुर्घटना हुँदा घाइते २ जनालाई कर्मदा अस्पताल सुन्दरबजार लगिएकोमा अन्दाजी ३० बर्षीया महिलाको मृत्यु भएको प्रहरीले बताएको छ । गभ्भीर घाइते ४ जनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ । कर्मदा अस्पतालमा लगिएको एक जना भने उपचारपछि डिस्चार्च भएका छन् । १ जना सामान्य घाइते भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उक्त बसमा करिव १२ जना यात्रु थिए । बसका चालक तनहुँको भन्सार घर भएका कृष्णबहादुर आले भने गाडि छोडेर हिँडेको र अहिले प्रहरीको सम्पर्कमा आएको प्रहरीले बताएको छ । रोकेर राखेको बस एक्कासी गुडेको र भीरबाट पाउँदी खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।