जनता टाइम्स

२५ फाल्गुन २०८२, सोमबार १५:५४

प्रधानमन्त्री नबन्दै बालेनले गायब पारे मूल कुरो


मालपानीको गाडी प्रयोगदेखि हेलिकोप्टर भाडा कहाँ गयो ? चुनावको दिन प्रयोग गरेको हेलिकोप्टर झापा ५ मा ल्याण्ड गर्न नदिएपछि फर्कियो, त्यो भाडाको खर्च कहाँ गयो ? तपाईको हेलिकोप्टर ल्याण्ड हुन दिएन, भाडा चाँहिदैन भनेर हेलिकोप्टर कम्पनीले छुट दियो ?

गणेश बस्नेत/काठमाडौं। दुईतिहाईको नेतृत्व गर्दै प्रधानमन्त्री बन्ने अन्तिम दौडमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले दुनियाँको आँखा छल्दै सत्यलाई ढाकछोप गर्नुभएको छ । सबैभन्दा पहिला निर्वाचन खर्च सार्वजनिक गरेर राम्रो काम गर्नुभएका बालेनले त्यही विवरणमा सत्य छोप्नुभएको पाइएको छ ।

सबैभन्दा बढी मत र सबैभन्दा बढी मतान्तर कायम गरेर म्यान अफ दि इलेक्सन बन्दै झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएका बालेनले आज निर्वाचन आयोगलाई १४ लाख १७ हजार रुपैयाँ खर्च विवरण बुझाउनु भएको छ । यो निर्वाचनमा आयोगमा विवरण बुझाएर सार्वजनिक गर्ने बालेन नै पहिलो उम्मेदवार हुनुहुन्छ । अहिलेसम्म कुनै पनि उम्मेदवारले चुनावी खर्च विवरण बुझाएका छैनन् ।

विवरणअनुसार बालेनले सबैभन्दा बढी खर्च घरदैलोमा गर्नुभएको छ । झापा ५ को २९ वडामा घरदैलो गर्दा कूल पाँच लाख ८० हजार खर्च भएको विवरणमा उल्लेख छ । त्यसपछि सवारी साधनमा खर्च गरेको विवरणमा देखिन्छ । निर्वाचन आयोगमा बुझाइएको विवरणअनुसार बालेनले १५ दिनको लागि दुई वटा गाडी भाडामा ल्याउँदा दुई लाख ९३ हजार ८ सय खर्च भएको छ ।

बालेनले निर्वाचन क्रममा हवाई भाडाबापत ३५ हजार खर्च भएको पनि निर्वाचन आयोगलाई बुझाएको विवरणमा उल्लेख छ । त्यस्तै, सम्पर्क कार्यालय सञ्चालनमा एक लाख २० हजार, प्रचार प्रसार सामाग्री छपाइमा एक लाख ५७ हजार, ब्यानर र स्टिकरमा एक लाख १९ हजार, मतदाता प्रतिशिक्षण कार्यक्रममा २८ हजार खर्च भएको विवरणमा उल्लेख छ ।

भावी प्रधानमन्त्री निश्चित बनेको बेला आयोगमा विवरण बुझाउनु भएका बालेनले १५ दिनको लागि दुई वटा गाडी भाडामा ल्याउँदा दुई लाख ९३ हजार ८ सय खर्च भएको जनाइए पनि कुन गाडी कुन मितिमा भाडामा ल्याएको भन्नेबारे केही खुलाउनु भएको छैन । यस्तै महँगो गाडी प्रयोगको विषयमा पनि विवरणमा केही उल्लेख गरिएको छैन ।

भावी प्रधानमन्त्री निश्चित बनेको बेला आयोगमा विवरण बुझाउनु भएका बालेनले १५ दिनको लागि दुई वटा गाडी भाडामा ल्याउँदा दुई लाख ९३ हजार ८ सय खर्च भएको जनाइए पनि कुन गाडी कुन मितिमा भाडामा ल्याएको भन्नेबारे केही खुलाउनु भएको छैन । यस्तै महँगो गाडी प्रयोगको विषयमा पनि विवरणमा केही उल्लेख गरिएको छैन ।

गत माघ पहिलो साता बालेन झण्डै ८ करोड रुपैयाँ पर्ने बागमती प्रदेश ०१ ०३३ च ४३४३ नम्बरको ल्याण्डरोभर डिफेन्डर (कालो) गाडी चढेर चुनावी प्रचारमा हिँडेको देखिएपछि त्यसको स्रोतबारे चारैतिर प्रश्न उठ्नुका साथै छानबिन अघि बढेको थियो । नागरिकबाट समेत सो गाडीको विषयमा खोजतलास सुरु भएको थियो । बालेनले प्रयोग गर्नुभएको सो गाडी कर छलीको विवादमा मुछिएका बुटवलस्थित सुर्ती तथा गुट्खा उद्योगका मालिक कमलकिशोर मालपानीबाट गाडी लिएको खुलिसकेको छ ।

तर बालेनले खर्च विवरणमा भने त्यसबारे केही उल्लेख नगरी लुकाउनु भएको छ । सार्वजनिक प्रश्न उठेपछि बालेनले प्रयोग गर्नुभएको सो गाडी नै गायब बनाइएको छ । गाडीसँगै बालेनले विवरणबाट पनि सत्य गायब पार्नुभएको देखिएको हो । यस्तै यस्तै हेलिकोप्टर भाडा पनि बालेनले लुकाउनु भएको छ ।

अन्य दिनको साटो चुनावको दिन प्रयोग गरेको हेलिकोप्टरको भाडासमेत लुकाएका छन । चुनावको दिन प्रयोग गरेको हेलिकोप्टर झापा ५ मा ल्याण्ड गर्न नदिएपछि फर्कियो, त्यो भाडाको खर्च कहाँ गयो ? तपाईको हेलिकोप्टर ल्याण्ड हुन दिएन, भाडा चाँहिदैन भनेर हेलिकोप्टर कम्पनीले छुट दियो ? त्यसो भए छुट भनेर किन लेखिएन भन्ने प्रश्न उठेको छ । मालपानीको गाडी र हेलिकोप्टरको भाडा कतै उल्लेख नगरी लुकाइएपछि बालेनले सवै तथ्य लुकाएर खर्च बिवरण बुझाउने काम गरेको तथ्य छ्याङगै भएको छ ।

भावी प्रधानमन्त्री बालेनको यो कामले सवै उम्मेद्वारलाई सत्य बताउनु हुन्न भन्ने सन्देशसमेत मिलेको छ । भावी प्रधानमन्त्री बालेनले प्रधानमन्त्री नबन्दै किन सत्य लुकाउने माहिर खेलाडी हुन भन्ने सन्देश दिनुभयो ? यो प्रश्नको जवाफ नागरिक र मतदाता खोजिरहेका छन । बालेनले आफ्नो सचिवालयमा भएको कुनै पनि खर्च देखाउनु भएको छैन । बालनेको सचिवालयमा डेढ सय भन्दा बढी कार्यरत रहेको जानकारी नागरिक तहमै रहेको छ ।