जनता टाइम्स

२२ मंसिर २०७६, आईतवार १३:३४

पहिलोपटक बिजुली बत्ती बलेपछि गाउँले खुशी


सप्तरी, मंसिर २२

सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ स्थित मोहनपुर टोलमा पहिलोपटक बिजुली बत्ती बलेपछि गाउँले खुशी भएका छन् । बिजुली बत्ती बलेपछि लाभान्वित तीन सय घरधुरीमा खुशीयाली छाएको छ । छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषाकुमारी मण्डलले औपचारिक रुपमा ट्रान्सफर्मरको पूजाआजा गरी विधिवत् ‘स्विच अन’ गरेको राष्ट्रिय जनता पार्टी नेपालका क्षेत्रीय सचिव रवीन्द्रकुमार मण्डलले जानकारी दिनुभयो ।

गाउँपालिकाको आर्थिक वर्ष २०७४/७५ मा रु १० लाख तथा २०७५/७६ मा १५ लाख गरी कूल २५ लाखको लागतमा उक्त वडामा विद्युतीकरण गरिएको गाउँपालिकाले जनाएको छ ।