जनता टाइम्स

२२ मंसिर २०७६, आईतवार १४:३७

दर्दनाक अपराध : दुई महिनासम्म सामुहिक बलात्कारपछि युवतीलाई जिउँदै जलाइयाे


बर्दिया, मंसिर २२

विभिन्न हिंसाको घटना बढेसँगै बलात्कारपछि हत्या गरिएका घटना पनि बढ्दो क्रममा रहेको पाइएको छ । दक्षिणी त्रिपुराको शान्तिबजारमा १७ वर्षीया किशोरीलाई उनका प्रेमी र उसकी आमा मिलेर शुक्रबार आगो लगाइएको घटना सार्वजनिक भएको छ । यसअघि किशोरीलाई बन्धक बनाएर उनीमाथि दुष्कर्म गरिएको र जलाउँदा किशोरीको ९० प्रतिशत शरिर जलेको थियो ।

घटनालगत्तै किशोरीलाई अस्पताल लगिएपनि अन्ततः शनिबार मृत्यु भयो । किशोरीलाई अभियुक्तका छिमेकीले बचाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जलाएपछि किशोरीलाई तत्काल जीबी पन्त अस्पताल लगिएको र युवकद्वारा दुई महिनादेखि बन्धक बनाएर पैसा मागिरहिएको थियो । अजय रुद्रपालले किशोरीलाई छाड्नका लागि ५० हजार रुपैया मागेको किशोरीका परिवारले आरोप लगाएका छन् ।

तर, उनले शुक्रबारसम्म जम्मा १७ हजार रुपैयाँ मात्रै रकम जम्मा गर्न गरेपछि अजयले किशोरीलाई जलाइदिएको बयानमा जानकारी दिइएको छ । दक्षिणी त्रिपुराका एसपी जलसिंह मीणाले भन्नुभयो, ‘यस घटनाका मुख्य अभियुक्त अजय गिरफ्तार भएको छ । उसलाई शान्तिबजार प्रहरी थानामा राखिएको छ । किशोरीलाई शुक्रबार जिउँदै जलाएको अभियोगमा छानबिन भइरहेको छ ।’

प्रहरीका अुनसार उक्त युवकसँग सामाजिक संजालमार्फत् किशोरी जोडिएकी थिइन् । दीपावलीपछि उक्त युवक किशोरीको घर पुग्यो र विवाहको प्रस्ताव राखेपछि युवती युवकसँगै बस्न थालेकी थिइन् । अभियुक्त युवकले उक्त किशोरीमाथि साथीहरूसहित सामूहिक बलात्कार पनि गर्न थालेको जनाइएको छ । पीडित किशोरीकी आमाले आफ्नो छोरी हराउन साथ प्रहरीमा उजुरी दर्ता गराएको बताउनुभयो ।