जनता टाइम्स

३ चैत्र २०८२, मंगलवार १५:२७

सत्ताको चावी नबुझ्दै रास्वपामा बज्यो खतराको घण्टी, सांसदले सम्झिए कांग्रेस-एमाले र माओवादीको त्यो लफडा


सभापति र वरिष्ठ नेता नै नआउने भए किन राखेको कार्यक्रम ? हामी सांसदलाई पनि भेट्न नसक्ने गरी कार्यव्यस्तता के हो ? सांसद पहिलो कि अरूसँगको भेटघाट पहिलो प्राथमिकता हो ? यो त कुनै कुराले पनि उचित भएन । उत्साह नै मर्‍यो, यस्ताले के गर्लान् ? सांसदलाई त यसरी दुर्व्यवहार र अपमान गर्दा रहेछन् ।

हरदम कोइराला/काठमाडौं । भर्खरै सम्पन्न निर्वाचनमा दुईतिहाई भन्दा केवल दुई सिट मात्र कम ल्याएर इतिहास रचेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सत्ताको चाबी नबुझ्दै खतराको घण्टी बजेको छ । जनताबाट निर्वाचित सांसदहरूका लागि आजबाट सुरु भएको रास्वपाको अभिमुखीकरण कार्यक्रमले सत्ताको चाबी नबुझ्दै सो पार्टीमा खतराको घण्टी बजिसकेको तथ्य उजागर गरेको हो ।

रास्वपाले संसदमा प्रभावकारी भूमिका खेल्ने र जनताको विश्वास कायम राख्दै जनचाहनाअनुसार काम गर्न तीन दिने आवासीय प्रशिक्षण सुरु गरेको छ । ललितपुरको ग्वार्कोस्थित एक होटेलमा आयोजना गरिएको आवासीय प्रशिक्षणमा सामाजिक सञ्जालमा बोल्ने गरेको हावादारी र आमाचकारी बोली बदल्नेदेखि स्तरहीन प्रश्नको सट्टा जबाफदेहिता खोज्ने गरी सांसदलाई तयार गर्ने मुख्य उद्देश्य रहेको छ । सोहीअनुसार रास्वपाले अभिमुखीकरण सुरु गरेको छ । तर जननिर्वाचित सांसदका लागि आयोजना गरिएको कार्यक्रममा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले भने इग्नोर गर्नुभएको छ ।

सत्ता चलाउन पार्टी र सांसदको समर्थन अनिवार्य छ । जनताबाट निर्वाचित भएर आएका जनप्रतिनिधिमाथि निर्वाचन क्षेत्रका मतदाताको चर्को दबाब रहन्छ । सांसदले मतदाता र पार्टी नेतृत्वबीच सन्तुलन मिलाएर सदनमा आफ्नो भूमिका निभाउनु पर्ने हुन्छ तर रास्वपाका नेतृत्वले यही कुरालाई अस्वीकार गर्दै सांसद भनेको आफूहरूको ‘हुकुम मान्ने दास’ का रूपमा लिएको मनभित्रको कुरा उजागर गरेको छ । सांसदहरू मात्रै सहभागी अभिमुखीकरणमा पार्टी सभापति लामिछाने र प्रधानमन्त्रीका उम्मेदवार बालेन नै नगएपछि रास्वपाका उपाध्यक्षद्वय डिपी अर्याल र डा. स्वर्णिम वाग्लेले चेतावनी स्वरूप नेतृत्वकै विरुद्ध घण्टी बजाएर कार्यक्रमको सुरुवात गर्नुपरेको छ ।

कार्यक्रममा सहभागी एक सांसदले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार आफूहरूलाई सभापति र वरिष्ठ नेता नआउने कुनै जानकारी दिइएको थिएन । तर अन्तिम क्षणमा सभापति रवि लामिछानेले उपाध्यक्षद्वय डिपी अर्याल र डा. स्वर्णिम वाग्लेलाई वरिष्ठ नेता बालेन प्रधानमन्त्री बनेभन्दा अगाडि यस्ता कार्यक्रममा नजाने जानकारी गराएको भन्दै आफू पनि स्वास्थ्य अवस्था ठिकठिकै भएकोले आउन नसक्ने’ जानकारी गराउनु भएको थियो ।

‘हामीलाई उहाँहरू नआउने कुनै जानकारी थिएन, नआउने पनि भन्नुभएको थिएन । तर अन्तिम क्षणमा ‘कार्यव्यस्तताले आउन सकिन्न, सरकार बनाउने तयारीमा व्यस्त हुनुपर्‍यो, फेरि त्यहाँ आउँदा सबैले मन्त्री मात्रै माग्ने रहेछन्, त्यसैले तिनीहरू (सांसदलाई सम्बोधन गर्ने नयाँ भाषा) लाई दुई उपाध्यक्षले ह्याण्डिल गर्नोस्’ भन्नुभयो,’ जनताटाइम्स डटकमको जिज्ञासामा ती सांसदले भने ।

स्रोतका अनुसार कार्यक्रममा दुवै नेतालाई नदेखे पनि गोर्खाबाट निर्वाचित सांसद सुधन गुरुङले बालेन र रविलाई फोनसमेत गर्नुभएको थियो तर कुनै रेस्पोन्स आएन । फोन नउठेपछि सुधनले यो तरिका मलाई मन परेन, ठिक भएन’ भन्दै केही बेर वरपरका सांसदसँग एक्लै ‘भुन्भुनिएको’ स्रोतले बतायो । स्रोतका अनुसार काठमाडौं–४ का सांसद राजुनाथ पाण्डेले बालेन कार्यव्यस्तताका कारण कार्यक्रमको उद्घाटनमा नआउने जानकारी गराउनु भएको थियो ।

सभापति र अबको प्रधानमन्त्रीको यो व्यवहार र शैलीले सांसदहरू नराम्रोसँग बिच्किएका छन् । नेतृत्वको विरुद्धमा कोही कसैले कार्यक्रममा नबोले पनि ‘यस्तो मालिक र दासको व्यवहार्य ठिक हुन्न’ आफू भन्दै वरपरका सांसदसँग गुनासो पोखेको भने सबैले थाह पाएका छन् । सांसदको यो असन्तुष्टि जानकारी पाएपछि उद्घाटनको क्रममा उपाध्यक्ष डिपी अर्यालले ‘सभापति लामिछाने र वरिष्ठ नेता बालेनलाई अभिमुखीकरणमा सहभागी गराउने प्रयास भइरहेको’ भन्दै थामथुम पार्नुपरेको थियो ।

‘सभापति र वरिष्ठ नेता नै नआउने भए किन राखेको कार्यक्रम ? हामी सांसदलाई पनि भेट्न नसक्ने गरी कार्यब्यस्थता के हो ? सांसद पहिलो कि अरूसँगको भेटघाट पहिलो प्राथमिकता हो ? यो त कुनै कुराले पनि उचित भएन,’ बालेन प्रति सांसदहरूको आक्रोश सुनाउँदै ती सांसदले जनताटाइम्स डटकमसँग भने,  ‘उत्साह नै मर्‍यो, यस्ताले के गर्लान् रु सांसदलाई त यसरी दुर्व्यवहार र अपमान गर्दा रहेछन् ।’

‘सभापति र वरिष्ठ नेतालाई कार्यक्रममा सहभागी गराउने प्रयास भइरहेको छ, सभापति स्वास्थ्य अवस्था र कार्यव्यस्तताको कारण सहभागी हुन नसक्नुभएको हो, वरिष्ठ नेताको पनि कार्यब्यस्थता भन्ने कुरा आयो,’ उपसभापति अर्यालले भन्नुभएको थियो । अर्यालको यो भनाइले सांसदहरूको आक्रोश केही मत्थर भए पनि सवैमा सभापति र वरिष्ठ नेताले यिनीहरू केही होइनन्, हाम्रा आदेश पालक मात्र हुन भन्ने देखिएको महसुर गरेको अर्का सांसदले जनताटाइम्स डटकमलाई भने ।

‘सभापति र वरिष्ठ नेता नै नआउने भए किन राखेको कार्यक्रम ? हामी सांसदलाई पनि भेट्न नसक्ने गरी कार्यब्यस्थता के हो ? सांसद पहिलो कि अरूसँगको भेटघाट पहिलो प्राथमिकता हो ? यो त कुनै कुराले पनि उचित भएन,’ बालेनप्रति सांसदहरूको आक्रोश सुनाउँदै ती सांसदले जनताटाइम्स डटकम प्रतिनिधिसँग भने । कार्यक्रम स्थलमा निकै उत्साहित बनेर पुगेका रास्वपाका सांसदहरू सभापति र वरिष्ठ नेताले गरेको यसप्रकारको अनुचित व्यवहारबाट निकै खिन्न पनि बनेका छन् । ‘उत्साह नै मर्‍यो, यस्ताले के गर्लान् ? सांसदलाई त यसरी दुर्व्यवहार र अपमान गर्दा रहेछन्’ स्रोतका अनुसार कार्यक्रममा सहभागी आधा भन्दा बढी सांसदले यही धारणा राखेका छन् ।

स्रोतका अनुसार केही सांसदहरूले रवि र बालेनको अनुपस्थितिलाई लिएर २०४८ सालपछि कांग्रेसका नेतात्रय गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, २०६५ पछि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, डाक्टर बाबुराम भट्टराई, मोहन वैद्य किरण र रामबहादुर थापा बादलको कथा सुनाएका थिए । अर्का सांसदले जनताटाइम्स डटकमलाई बताएअनुसार रति र बालेनको अनुपस्थितिलाई लिएर रास्वपाका सांसदहरूले कांग्रेस-माओवादीको आन्तरिक द्वन्द्व र विभाजन मात्र होइन २०७५ पछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालको कथा पनि स्मरण गरे ।

‘सबैलाई घण्टी बजाइयो, आज हाम्रोमा पनि घण्टी बजिसक्यो भन्ने थाह भो, देश चलाउने नेताहरूमा यस्तो अहङ्कार आउनु हुन्न क्या !’ उनीहरूले थपे । यो घटनाले जोसका साथ आएका रास्वपाका सांसदहरूको मन मात्र कुँडिएको छैन, मुलुक र जनताका हितका लागि ५ वर्षसम्म रास्वपाभित्र देखिनै नहुने आन्तरिक द्वन्द्व, खिचातानी र लडाई सुरुमै छताछुल्ल बनेको छ ।

तीनवटै दल यस्तै यस्तै हर्कतले फुटेर अहिलेको हालत बनेको होइन र ? यही कुरा सभापति र वरिष्ठ नेताले किन नबुझेको होला ? शक्तिमा पुगियो भनेर किन यस्तो मतिभ्रष्ट बन्या होला ?’ रवि र बालेनप्रति उनीहरूको भनाई थियो । नेतृत्वमा पलाएको यो दम्भले कतै भविष्यमा दुर्घटना त निम्त्याउने होइन भन्ने चिन्तासमेत रास्वपाका सांसदहरूमा लोगो नलगाउँदै देखिएको छ ।

रास्वपा सांसदले कांग्रेस–एमाले र माओवादीको त्यो लफडा सम्झँदै भने, ‘सरकारमा पुगेपछि नेताहरू बिग्रँदो रहेछन् भन्थे हो कि क्या हो रु हाम्रो पार्टीका नेताहरू यस्तो हुन थालिसके । अव यो भन्दा बढी नगर्दिए हुन्थ्यो भन्ने हो ।’ उनीहरूले तीन ठुला दल आफू आफू आन्तरिक द्वन्द्वले यो हालतमा पुगेको कुरा नयाँ दलका नयाँ नेताले समेत नबुझेको र उनीहरूको बाटो समातेको भन्दै दुर्घटनातिर जाने खतरा औँल्याए ।

‘सबैलाई घण्टी बजाइयो, आज हाम्रोमा पनि घण्टी बजिसक्यो भन्ने थाह भो, देश चलाउने नेताहरूमा यस्तो अहङ्कार आउनु हुन्न क्या !’ उनीहरूले थपे । यो घटनाले जोसका साथ आएका रास्वपाका सांसदहरूको मन मात्र कुँडिएको छैन, मुलुक र जनताका हितका लागि ५ वर्षसम्म रास्वपाभित्र देखिनै नहुने आन्तरिक द्वन्द्व, खिचातानी र लडाई सुरुमै छताछुल्ल बनेको छ ।