जनता टाइम्स

२५ मंसिर २०७६, बुधबार ०९:३३

सर्वसाधारणसँग अनलाइनबाट ठगी गरेको १७ करोड भेटियो, प्रहरीले सार्वजनिक गर्दै


काठमाडौं, मंसिर २५

प्रहरीले अनलाइन ठगी गरेर जम्मा पारेको १७ करोड रुपैयाँ फेला पारेको छ । सर्वसाधारणबाट ठगेर जम्मा पारेको रकम भेटिएको प्रहरीले जानकारी दिएको छ । सामाजिक सञ्जाल र टेलिफोनबाट आकर्षक उपहार र विदेशबाट सामान आएको बहानामा विभिन्न सन्देश र म्यासेज पठाएर ठगी गर्ने गिरोहबाट उक्त रकम फेला पारेको हो ।

प्रहरीका अनुसार दर्जन बैंक, वित्तीय संस्थामा जम्मा गरेको अवस्थामा भेटिएको हो । महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार विभिन्न दर्जन बैंक तथा वित्तीय संस्थामा रहेका खातावाला शंकास्पद व्यक्तिका नाममा रकम भेटिएको जानकारी दिनुभयो ।

‘केही शंकास्पद व्यक्तिका नाममा १७ करोडभन्दा बढी रकम भेटिएको छ । पत्रचार गरेर यसको आवश्यक अनुसन्धान अगाडि बढाएका छौं’, उहाले भन्नुभयो । यस सम्बन्धी थप विवरण आजै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।