जनता टाइम्स

२५ मंसिर २०७६, बुधबार ०९:४३

लोकसेवाले खुलायो एकैचोटी यति धेरै जागिरको अवसर, यस्तो छ विज्ञापन


काठमाडौं, मंसिर २५

लोक सेवा आयोगले एक हजारभन्दा बढी शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) पदका विभिन्न सेवा समूह तथा उपसमूह अन्तर्गतका पदमा खुलातर्फ ७६८ र बढुवातर्फ ३२८ गरी १ हजार ९६ शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरेको हो ।

सबैभन्दा बढी सामान्य प्रशासन सेवातर्फ ५६० पदका लागि विज्ञापन आह्वान गरिएको छ । त्यस्तै, लेखातर्फ ३०, राजस्व सेवातर्फ ६९, लेखा परीक्षणतर्फ ४२, परराष्ट्र सेवामा ४, न्याय सेवातर्फ ३६३ र व्यवस्थापिका संसद्तर्फ २८ पदमा विज्ञापन खुला गरिएको छ । सामान्य प्रशासनतर्फ १६८ बढुवाका लागि तथा बाँकी २१६ खुला, ५८ महिला, ४८ आदिवासी जनजाति, १५ दलित, ३९ मधेसी, ९ अपांग र ७ पिछडिएको क्षेत्रका लागि छुट्याइएको छ ।

यस्तै राजस्वतर्फ २० बढुवाका लागि र बाँकीमध्ये २७ खुला, ८ महिला, ५ आदिवासी जनजाति, ५ मधेसी, २ दलित १ अपांग र १ पिछडिएका क्षेत्रका लागि छुट्याइएको छ । लेखातर्फ ९ बढुवाका लागि तथा १२ खुला, ३ महिला, २ आदिवासी जनजाति, २ मधेसी, १ दलित १ र १ पिछडिएका क्षेत्रका लागि छुट्याइएको छ ।

लेखा परीक्षणतर्फ १३ बढुवाका लागि र १६ खुला, ४ महिला, ४ आदिवासी जनजाति, ३ मधेसी, १ दलित र १ पिछडिएका क्षेत्रका लागि छुट्याइएको छ । परराष्ट्रमा १ बढुवाका लागि तथा २ खुला र १ महिलाका लागि विज्ञापन खुलाइएको छ । न्यायतर्फ ८५ बढुवाका लागि तथा १०९ खुला, २९ महिला, २४ आदिवासी जनजाति, २४ मधेसी, १० दलित ५ अपांग र ४ पिछडिएका क्षेत्रका लागि छुट्याइएको छ ।

कानुनतर्फ १५ बढुवाका लागि तथा १९ खुला, ५ महिला, ४ आदिवासी जनजाति, ४ मधेसी, १ दलित र १ अपांगका लागि छुट्याइएको छ । सरकारी वकिलतर्फ ८ बढुवाका लागि तथा ८ खुला, ३ महिला, २ आदिवासी जनजाति, २ मधेसी र १ पिछडिएका क्षेत्रका लागि छुट्याइएको छ । त्यस्तै, व्यवस्थापिका संसद्तर्फ ६ बढुवा तथा १० खुला, ३ महिला, २ आदिवासी जनजाति, २ मधेसी, १ दलित र १ अपांगका लागि छुट्याइएको छ ।

यस्तो छ विज्ञापन