जनता टाइम्स

२५ मंसिर २०७६, बुधबार १३:०४

कञ्चनपुरमा हात्ती आंतक : दुई महिलाको मृत्यु


कञ्चनपुर, मंसिर २५

महाकाली नगरपालिका २ चाँदनीमा हात्तीको आक्रमणबाट २ जनाको मृत्यु भएको छ । बुधबार बिहान मायापुरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा घाँस दाउरा संकलनका लागि गएका महिलाहरुमाथि हात्तीले आक्रमण गरेको हो ।

इलाका प्रहरी कार्यालय दोधाराका अनुसार मृत्यु हुनेमा महाकाली नगरपालिका २ चाँदनीकी ३८ वर्षीया बसन्ती भट्ट र ५० वर्षीया भुरी बोहोरा छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

हात्तीको आक्रमणबाट अन्य ४ जना घाइते भएका इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक चेतराम पनेरुले जानकारी दिनुभयो । ृहाका अनुसार घाइते ४ जनाकै अवस्था जटिल छ । उनीहरुलाई उपचारका लागि कैलालीको धनगढी र सीमावर्ती बजार खटीमा पठाइएको छ ।