जनता टाइम्स

२८ बैशाख २०७६, शनिबार ०८:०१

आप्रवासी बोकेको डुंगा पल्टिँदा ६५ जनाको मृत्यु


काठमाडौं, वैशाख २८

ट्यूनिसीयाको तटीय क्षेत्रमा आप्रवासी बोकेको डुंगा पल्टिँदा ६५ जनाको मृत्यु भएको छ । १६ जनाको सकुशल उद्दार गरिएको युएनएचसीआरलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

बेगमा आएको छालका कारण डुंगाले गति छाड्दा सो दुर्घटना भएको बचेकाले जनाएका छन् । सन् २०१९ को शुरुवाती ४ महिनाको अवधिमा लिबिया र युरोपको रुटमा डुंगा डुब्दा १ सय ६४ जनाले ज्यान गुमाइसकेका छन् । हरेक वर्ष लिबिया हुँदै भूमध्य सागर पार गर्ने क्रममा हजारौं आप्रवासीको डुबेर मृत्यु हुने गरेको छ । सन् २०१७ यता भने डुंगाामा असुरक्षित यात्रा गर्ने आप्रवासीको संख्यामा नाटकीय रुपले गिरावट आएको बीबीसीले उल्लेख गरेको छ ।