जनता टाइम्स

२५ मंसिर २०७६, बुधबार १७:००

सागमा स्वर्ण विजेता फुटबल टोलीलाई जनही पाँच लाख दिने सरकारको घोषणा


काठमाडौं, मंसिर २५

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलमा स्वर्ण जित्ने खेलाडीलाई जनही पाँच लाख दिने सरकारले घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारमा खेलाडीलाई सम्मान गर्दै प्रोत्साहन स्वरूप जनही पाँच लाख दिने घोषणा गर्नुभयो । यसका साथै प्रशिक्षणलाई पनि पाँच लाख दिइने भएको छ । मंगलबार भएको फाइनलमा भुटानलाई २–१ अन्तरले हराउँदै नेपालले स्वर्ण जितेको थियो ।

यसअघि स्वर्ण विजेतालाई जनही ९ लाख, रजत पदक विजेतालाई ६ लाख र कास्य पदक विजेतालाई ३ लाख पाउने भएका छन् ।