जनता टाइम्स

२५ मंसिर २०७६, बुधबार १८:१८

समातिए नेपाल प्रहरीका यी इन्सपेक्टर


काठमाडौं, मंसिर २५ । नेपाल प्रहरीका एक प्रहरी निरीक्षक (इन्सपेक्टर) घुससहित पक्राउ परेका छन । महानगरीय अपराध महाशाखामा कार्यरत इन्सपेक्टर जय नेपाल थापा ४० हजार रुपैयँँ घुससहित पक्राउ परेका हुन ।

थापालाई अख्तियार दुरुपयोग अुनसन्धान आयोगको टोलीले ललितपुरको पाटनबाट घुससहित नियन्त्रणमा लिएको हो । वैदेशिक रोजागरीको प्रयोजनका लागि घुस लिँदै गरेको अवस्थामा इन्सपेक्टर थापालाई पाटनबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभयो ।