जनता टाइम्स

२६ मंसिर २०७६, बिहीबार १६:११

महिलामन्त्री पार्वत गुरुङले गरे महिलाका क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्ने यस्तो अठोट


काठमाडौं, मंसिर २६ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिलाका क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।

मन्त्री गुरुङले महिलाका सवालमा देखिएका समस्या समाधानका लागि सरकारलाई आवश्यक सुझाव दिन पनि यस क्षेत्रमा कार्यरत विभिन्न संघ, संस्थाहरुलाई आग्रह पनि गर्नुभयो । ‘महिलाका क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध छ,’ महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री गुरुङले भन्नुभयो, ‘त्यसका लागि आवश्यक सुझाव दिन म सम्वद्ध सबै पक्षलाई आग्रह गर्दछु ।’

मन्त्री गुुरुङले दीगो विकास लक्ष्य हासिल गर्न पनि महिलासँग सम्बन्धित सबै समस्या समाधान गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो । कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले महिलाहरुलाई मानव अधिकारको प्रत्याभूति दिलाउने काममा सरकार गम्भिर नभएको आरोप लगाउनु भएको थियो ।