जनता टाइम्स

२६ मंसिर २०७६, बिहीबार १६:२२

सरकारले गर्यो राष्ट्रियसभाको निर्वाचन मिति घोषणा


काठमाडौं, मंसिर २६ । सरकारले राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले निर्वाचन मितिको घोषणाबारे जानकारी दिनुभएको हो ।

पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले दिनुभएको जानकारी अनुसार आगामी माघ ९ गतेका लागि राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ । राष्ट्रिय सभाको रिक्त १८ पदका लागि निर्वाचन हुन लागेको हो । निर्वाचन आयोगले यसअघि नै सरकारलाई माघ ७ देखि १९ गतेभित्र निर्वाचनको मिति तोक्न सुझाव दिएको थियो ।