जनता टाइम्स

२६ मंसिर २०७६, बिहीबार १७:१६

टिप्पर दुर्घटनामा हुम्लामा २ जनाको मृत्यु


काठमाण्डौं, मंसिर २६ गते । हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नं. ५ तुम्कोट भिर नजिक भएको टिप्पर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भने दुई जना गम्भीर घाइते भएका छन् ।
आज विहान ९:३० बजेको समयमा भएको ना. ५ ख. ५३४४ नम्बरको टिप्पर दुर्घटना हुँदा टिप्परमा सवार चालक सहित ४ जना मध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा नाम्खा गा.पा. वडा नं. १ हेक्पा बस्ने बर्ष २५ को सोनाम मिगुर लामा र वडा नं. 4 बस्ने बर्ष ३५ को सावेल लामाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । प्रहरीका अनुसार घाइते हुनेहरुमा नाम्खा १ हेप्का बस्ने सोनाम छेजुम लामा र नाम, थर नखुलेको एक जनाको याल्वाङस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
घाइतेहरुको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि नेपालगञ्ज पठाउने प्रयास भइरहेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताउनुभयो ।