जनता टाइम्स

२७ मंसिर २०७६, शुक्रबार ०९:४२

राष्ट्रियसभा निर्वाचनको दल दर्ता आजदेखि (आयोगको पत्रसहित)


काठमाडौं, मंसिर २७ ।  निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको हो।

सरकारले राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि निर्वाचनको मिति घोषणा गरेपछि आयोगले दल दर्ताको म्याद आजदेखि पुस ६ गतेसम्म तोकेको हो।

नेपाल कम्युनिस्ट पार्टीका ८, नेपाली कांग्रेसका ७ र राष्ट्रिय जनता पार्टीका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजनाको कार्यकाल फागुन २१ मा सकिदै छ। कार्यकाल सकिने सदस्यहरूमा नेकपाबाट बलराम बास्कोटा, राजकुमार कुँवर, मीना बुढा, हरिचरण शिवाकोटी, कमलाकुमारी ओली, कालिबहादुर मल्ल, खेमराज नेपाली र युटोल तामाङ रहेका छन्। यस्तै, सरकारबाट मनोनित भएका अर्थमन्त्री युवराज खतिवडाको पनि कार्यकाल पूरा हुँदैछ। कांग्रेसबाट राष्ट्रियसभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईंसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय, धनकुमारी खतिवडा, राजपाका वृशेषचन्द्र लाल, रमेशप्रसाद यादव र समाजवादीका रामप्रित पासवानको पनि २ वर्षको कार्यकाल सकिँदैछ।