जनता टाइम्स

२७ मंसिर २०७६, शुक्रबार १२:१२

बडेरामा कारको ठक्करबाट २८ वर्षीय युवकको मृत्यु


परासी, मंसिर २७

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बडेरामा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा सुनवल नगरपालिका–१३ बडेराका २८ वर्षीय रमेश शाही रहेका छन् । काठमाडौँबाट बुटवलतर्फ जाँदै गरेको बा १३ च ७४८८ नम्बरको कारले गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत बडेरामा उनलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते शाहीको बुटवलस्थित सिटी अस्पतालमा उपचारको क्रममा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । कार र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।