जनता टाइम्स

२८ मंसिर २०७६, शनिबार ०७:१३

धनुषामा बम विस्फोटमा परी प्रहरी निरीक्षकसहित ५ जना घाइते , थप विवरण आउन बाँकी


धनुषा,  मंसिर २८ । श्रीश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा गएराती बम बिस्फोट भएको छ । राती ११: ४५ बजे भएको बम विस्फोटमा परी प्रहरी निरीक्षकसहित अन्य ५ प्रहरी घाइते भएका छन् ।

घाइतेहरुलाइ राती प्रदेश अस्पताल जनकपुरमा उपचार गर्न ल्याइएको थियो भने थप उपचारका लागि धरानस्थित वीपी कोइराला अस्पतालमा लगिएको धनुषाका प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको छ । घाइतेमध्ये प्रहरी निरीक्षक अमिर दाहालको अवस्था केही गम्भीर देखिएको बताइएको छ । घाइते हुने अन्य प्रहरीहरुबारे थप विवरण आउन बाँकी छ ।

नगरपालिकाको महेन्द्रनगरमा शंकास्पद वस्तु राखिएको जानकारी पाएपछि बुझ्नका लागि घटनास्थलमा प्रहरी पुग्ने बित्तिकै बम बिस्फोट भएको थियो ।