जनता टाइम्स

२८ मंसिर २०७६, शनिबार ०७:५४

धनुषा बम विस्फोट : घाइते इन्सपेक्टरको पनि ज्यान गयो


 

धनुषा,  मंसिर २८ । धनुषाको छिरेश्वर नगरपालिका–५, महेन्द्रनगर बजारमा बम विस्फोटमा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।

विस्फोटमा घाइते भएका ६ जनामध्ये प्रहरी निरीक्षक अमिर दाहालको शनिबार बिहान उपचारको क्रममा धरानमा ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रबार मध्यरातमा भएको विस्फोटमा छिरेश्वर बजारका राजेश्वर साह र उहाँका छोरा आनन्द साहको ज्यान गएको थियो ।

अन्य ५ जना घाइतेहरुको उचपार भइरहेको प्रहरीले जनाएको छ ।