जनता टाइम्स

१३ बैशाख २०८३, आईतवार ०८:३४

ट्रम्प सहभागी कार्यक्रममा गोली चलेपछि मच्चियो भागदौड (फोटोफिचर)


वासिङ्टन डिसी (अमेरिका) बैशाख १३ । अमेरिकामा शनिवार राति आयोजित ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरका क्रममा गोली चलेको छ । गोली चलेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पसहित देशका शीर्ष नेताहरूलाई तत्काल सुरक्षित रूपमा बाहिर निकालिएको ह्वाइट हाउस प्रशासनले जनाएको छ।

राष्ट्रपति ट्रम्प पूर्ण रूपमा सुरक्षित छन्, भने प्रशासनका एक अधिकारीले मन्त्रिपरिषद्का सबै सदस्यहरू सकुशल रहेको सीएनएनले जनाएको छ ।

सो घटनामा संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको छ । तर उनको पनि परिचय खुलेको छैन ।

ट्रम्पका शीर्ष सल्लाहकार स्टिफन मिलरलाई पनि सुरक्षाकर्मीहरुले हतार हतार भीडबाट बाहिर निकालिएको देखिएको थियो । कार्यक्रममा सहभागीहरु भुईंमा निहुरिएर बसेका थिए ।

Oplus_16908288