जनता टाइम्स

२८ मंसिर २०७६, शनिबार १९:०१

जनकमान श्रेष्ठको निधनबाट देशले विकासप्रेमी अभियन्ता र कुशल न्यायकर्मी गुमायो : प्रधानमन्त्री ओली


काठमाडौं, मंसिर २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना कम्युनिष्ट नेता तथा न्यायकर्मी जनकमान श्रेष्ठको निधनको खबरले आपूmलाई अत्यन्त दुःखी तुल्याएको बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले आज शोक सन्देश दिँदै दिवङ्गत श्रेष्ठप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजन, आफन्त र शुभचिन्तकमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले श्रेष्ठको निधनबाट देशले विकासप्रेमी अभियन्ता र कुशल न्यायकर्मी गुमाएको बताउनुभएको छ ।

सन्देशमा सानै उमेरमा कम्युनिष्ट राजनीतिमा लागेर काठमाडौँ नगरपालिकाको पहिलो निर्वा्चित प्रमुख (मेयर) बन्नुभएका स्व श्रेष्ठले न्याय क्षेत्रमा समेत ख्याति कमाउनु भएको बताउनुभएको छ । बयानब्बे वर्षीय श्रेष्ठको हिजो शुक्रबार निधन भएको थियो ।