जनता टाइम्स

२९ मंसिर २०७६, आईतवार ०९:००

लामोसाघु जिरी सडकखण्डमा बस दुर्घटना, १२ भन्दा बढीको मृत्यु


काठमाडौं, मंसिर २९ ।  कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको बस दुर्घटना हुँदा १२ भन्दा बढीको मृत्यु भएको छ ।

बा २ ख ४४६८ नम्बरको बस लामोसाघु जिरी सडकखण्डको ६ किलोमा दुर्घटना भएको हो । दुर्घटनास्थलमा १२ जनाको शव फेला परिसकेकोडिएसपी माधव काफ्लेले जानकारी दिए । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।