जनता टाइम्स

२९ मंसिर २०७६, आईतवार १०:२१

नेकपाको सचिवालय बैठक बालुवाटारमा


काठमाडौं, मंसिर २९

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री केपी शर्मा ओलीनिवास बालुवाटारमा बसिरहेको छ । बैठक केहीबेर अघिबाट शुरु भएको हो ।

स्थायी कमिटी बैठक पनि आजै बोलाइएकाले त्यसका एजेण्डा र राजनीतिक तथा विधान संशोधनको प्रस्ताव तयार पार्न सचिवालय बैठक बसेको हो । गत २३ गते पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले २९ र ३० गते स्थायी कमिटीको बैठक बोलाएको हो ।

बैठक अघि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटार पुगेर भेटवार्ता गर्नुभएको थियो । भेटमा बैठकका एजेण्डाका विषयमा छलफल भएको बताइएको छ ।