जनता टाइम्स

२९ मंसिर २०७६, आईतवार १०:४८

सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : १४ जनाको मृत्यु, एक जनाको सनाखत


काठमाडौं,  मंसिर २९  । दोलखाको कालिञ्चोकबाट काठमाडौं फर्कदैगरेको बा ४ ख ४४६८ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोसी गाउपालिका वडानम्बर ७ को ६ किलोमा दुर्घटना हुदा १४ जनाको मृत्यु भएको छ ।

मृतक मध्य दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ६ का जुनु तमाङको सनाखत भएको छ । अन्यको सनाखत हुन सकेको छैन ।

यसअघि १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार उपचारको क्रममा थप २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा ८ जना महिला, ३ जना पुरुष, एकजना बालिका र दुईजना बालक रहेका छन् । दुर्घटनामा १८ जना घाईते भएको र उनीहरूको काठमाडौं र सिन्धुपाल्चोकको सदावहार अस्पताल खाडीचौरमा उपचार भैरहेको सिन्धुपाल्चोकका प्रहरी निरीक्षक गणेश खनालले बताउनु भयो । घाईते मध्य ६ जनाको अवश्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मृतक धेरै सिन्धुपाल्चोककै रहेको स्थानियले बताएका छन् ।