जनता टाइम्स

२९ मंसिर २०७६, आईतवार १५:४७

नेकपा स्थायी कमिटी बैठक : राजनीतिक प्रतिवेदन र बिधान संशोधन प्रस्ताव पेश, पाँच एजेण्डा स्वीकृत


काठमाडौं, मंसिर २९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्मकमल दाहाल, प्रचण्डको तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदन पेश भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको हो ।

बैठकले सचिवालयको तर्फबाट प्रस्तुत बैठकका एजेण्डालाई स्वीकृत गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारी अनुसार सचिवालय बैठकले अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, केन्द्रीय कमिटी बैठक, नेपाल भारत सीमा समस्या र विविध विषयलाई स्थायी कमिटीको एजेण्डाका रुपमा पेश गरिएको थियो ।

बैठकमा महासचिव बिष्णु पौडेलले बिधान संशोधन प्रस्ताव पेश गर्नुभएको छ । बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको शीर्ष स्वास्थ्यलाभको कामनासहित प्रूताव पारित गरेको छ । नेकपामा दुई अध्यक्षको कार्यबिभाजन गरी प्रचण्डलाई पार्टीको अध्यक्षता गर्ने अधिकार दिने निर्णय भएपछि आज पहिलो पटक स्थायी कमिटीको पहिलो बैठक हो । बैठक सोमवार ११ बजेसम्मका लागि स्थगित भएको छ ।