जनता टाइम्स

२९ मंसिर २०७६, आईतवार २०:५७

सिन्धुपाल्चोक दुर्घटना अपडेट : मृतक १५ मध्ये १४ जनाको सनाखत


सिन्धुपाल्चोक, मंसिर २९

कालिञ्चोकबाट आउदै गरेको बस दुर्घटनामा मृत्यु हुने १५ जनामध्ये १४ जनाको सनाखत भएको छ । भक्तपुर जाँदै गरेको बा ४ ख ४४६८ नम्बरको यात्रुबस दुर्घटनामा परी १५ जनाको मृत्यु भएकोमा १४ जनाको सनाखत भएको छ ।

मृत्युहुनेहरुमा जुगल गाउँपालिका–७ की ३७ वर्षीया सविना तामाङ, २८ वर्षीय शुकबहादुर तामाङ, २७ वर्षीया मन्जु तामाङ र दोलखा भिमेश्वर नगरपालिकाका ३६ वर्षीया लक्ष्मी श्रेष्ठ छन्। रामेछाप उमाकुण्ड गाउँपालिका–५ का २९ वर्षिया महेश तामाङ , काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–५ का ४५ वर्षीय रामशरण खत्रीसहित उनकै श्रीमती ३५ वर्षीया मैया खत्री छन् । लिसंखुपाखर गाउँपालिका–४ की ५३ वर्षीया गंगामाया लामा, जुगल गाउँपालिका–७ की ३० वर्षीया रेश्मा तामाङसहित उनकै १५ महिने छोरी रोशनी तामाङ छन् ।

त्यसैगरी बलेफी गाउँपालिका–७ चिम्लिङकी ३७ वर्षीया फूलमाया तामाङ र शैलुंगेश्वर गाउँपालिका–६ का १० वर्षीय रञ्जित बस्नेत रहेका छन् । रामेछाप सुनपाती–६ की जुनमाया तामाङ र दोलखा शैलुङ गाउँपालिका– ६की३२ वर्षीया चिनु बस्नेतको पनि सनाखत भएको छ । अर्की एक युवतिको भने अहिलेसम्म सनाखत हुन सकेको छैन ।