जनता टाइम्स

३० मंसिर २०७६, सोमबार ०७:२३

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन


काठमाडौै ,मंसिर ३०  । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । ५१ वर्षीय भट्टराईको आइतबार राती सवा १० बजे निधन भएको हो । अकस्मात बिरामी भएपछि उहाँलाई ओम अस्पताल लगिएको थियो । तर अस्पताल ल्याउनुअघि नै उहाँको निधन भैसकेको ओम अस्पतालले जनाएको छ ।

उहाँ एक वर्षअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त हुनुभएको थियो । उहाँ ३० वर्षभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । उहाँले आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरवावु, छोडी गए पाप लाग्ला, सो सिम्पल’ लगायतका चलचित्र निर्माण गर्नुभएको थियो । उहाँले धेरैै चलचित्रमा अभिनय समेत गर्नुभएको थियो ।