जनता टाइम्स

३० मंसिर २०७६, सोमबार ०७:४३

पाँच महिनामा सडक दुर्घटनामा १ हजार ३० जनाले ज्यान गुमाए


काठमाडौं, मंसिर ३० । एउटा हवाईजहाज दुर्घटना हुँदा अति नै चासो दिने सरकारी निकायले दिनहुँ औषध सातजनाको मृत्यु हुनेगरी हुने सडक दुर्घटनालाई खेलाँची ठान्दा अवस्था भयावह बन्दै गएको छ । सरकारी निकायले सवारी दुर्घटना न्यूनीकरणमा चासो नदिएका कारण अवस्था भयावह बन्दै गएको हो ।

सडक दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या वर्सेनि बढिरहेको देखिन्छ । यही मंसिरमा मात्रै दुई सय ३० जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । सरकारी तथ्यांकअनुसार एक महिनामा सडक दुर्घटनामा एक महिनामा यति धेरैजनाको ज्यान गएको हालसम्मकै उच्च हो ।
प्रहरी तथ्यांक अनुसार साउन यता सडक दुर्घटनामा १ हजार ३० जनाले ज्यान गुमाएका छन् । तथ्यांक विश्लेषण गर्दा प्रतिदिन ३७ वटा सवारी दुर्घटना भएका छन्, जसमा सातजनाको मृत्यु र ४० जना घाइते भएका छन् ।