जनता टाइम्स

३० मंसिर २०७६, सोमबार ०९:१६

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान


काठमाडौं, मंसिर ३० । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान गरेको छ । जसअनु्सार नेपालको दक्षिण भूभागमा अवस्थित रहेकाले आगामी तीन दिन देशभर मध्यमदेखि भारी वर्षा हुनसक्ने जनाएको छ।
महाशाखाका मौसमविद् राजु प्रधानाङले केही दिनअघि दक्षिण सरेको न्यूनचापीय रेखा सोमबार पुनः नेपाल प्रवेश गरेको र बुधबारसरम्म देशको अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान मशाहाखाले जनाएको छ। पचासदेखि १०० मिलिमिटर सम्मको वर्षालाई भारी र १०० देखि माथिलाई अतिभारी वर्षा भनेर मापन गर्ने गरिएको छ। यसवर्ष काठमाडौं उपत्यकामा सबभन्दा धेरै जुलाई १३ ९असार २८० मा १०४ मिलिमिटर वर्षा भएको थियो। यो मनसुन सुरू भएपछिको सबैभन्दा बढी वर्षा हो ।

राति देशको पूर्वी र मध्य भागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भू–भागमा आंशिक बदली भई पूर्व तथा मध्यका अधिकांश भागका साथै पश्चिमका केही भागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
वर्षाका कारण पहाडी भूभागमा पहिरो जानसक्ने र चुरे अन्य पहाडबाट बहने खोलामा जल सतह बढ्नाका साथै हवाई र सडक यातायातसमेत सञ्चालनमा बाधा पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।