जनता टाइम्स

३० मंसिर २०७६, सोमबार १०:५६

धनुषाको विद्यालयमा समेत शंकास्पद बस्तु


जनकपुर, मंसिर ३० गते । धनुषा जिल्लाको एक विद्यालयमा समेत केहीबेर अघि शंकास्पद बस्तु फेला परेको छ । धनुषाधाम न.पा. ५ परवतास्थित श्री उच्च माध्यमिक विद्यालयको लेखा शाखाको झ्यालमा शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । विद्यालयमा शंकास्पद बस्तु फेला परेपछि विहान १० बजे सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो ।