काठमाडौं, मंसिर ३० । केही दिनयता काठमाडौं उपत्यकाका विभिन्न स्थानमा केही दिनयता बिद्युत जाने र आउने समस्या निकै बढेको छ । उपत्यकाका अधिकांश स्थानमा यो समस्या आएपछि नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुख खोल्नुभएको छ ।
ग्राहकलाई विद्युत आपूर्तिका लागि विद्युत परिणाममा कुनै समस्या नभएपनि प्राविधिक समस्याका कारण बिद्युत आपूर्तिमा समस्या आएको हुन सक्ने विद्युत घिसिङको भनाई छ । शुक्रवार र शनिवार पानी परेका कारण केही प्राविधिक समस्या आएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।
‘लामो समय पानी नपरेर एक्कासी पानी परेपछि विद्युत वितरणमा समस्या आउँछ । विद्युत पर्याप्त मात्रामा छ, केही ठाउँमा प्राविधिक समस्या आएको हुनसक्छ । त्यसलाई हामीले हेरिरहेका छौं,’ घिसिङले भन्नुभयो । ललितपुरका विभिन्न क्षेत्रका साथै काठमाडौं र भक्तपुरका केही स्थानमा शनिवारदेखि विद्युत जाने आउने गरिरहेको छ । यो समस्या भक्तपुरमा निकै देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्