जनता टाइम्स

३० मंसिर २०७६, सोमबार १५:५५

नेकपा स्थायी समिति बैठक : अध्यक्षको प्रतिवेदनमाथि भीम रावलसहित ९ नेताको आयो यस्तो टिप्पणी


काठमाडौं, मंसिर ३० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा आजबाट अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमाथिको छलफल अघि बढेको छ ।

अध्यक्षद्वयको तर्फबाट अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि नेताहरुले सुझाव राख्ने क्रम अघि बढेको हो । सोमबार अपरान्हसम्म नौ जना सदस्यले प्रतिवेदनमाथि आफ्नो धाराणा राखेका छन । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिवेदनको सारमा समर्थन गर्दै सदस्यहरुले छुटेका कुरा र सुझावसहित आलोचनात्मक टिप्पणी गरेको बताउनु भयो ।

श्रेष्ठका अनुसार नौ जना सदस्यले आफ्नो धारणा राखेका छन् । राजनीतिक प्रतिवेदनमा केन्द्रीत भएर नेता बामदेव गौतम, भिम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, मुकुन्द न्यौपाने, योगेश भट्टराई, छविलाल बिश्वकर्मा, अग्नी सापकोटा र गणेश साहले आफ्नो धारणा राख्नुभएको छ । बैठकमा आफ्नो धारणा राख्ने क्रममा भीम रावलले भने निकै आलोचना गर्नुभएको सहभागी एक नेताले जनताटाइम्सलाई बताए । अध्यक्ष प्रचण्डले आइतबारको बैठकमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।