जनता टाइम्स

३० मंसिर २०७६, सोमबार १७:२८

प्रेस संगठन नेपाल सिरहाको संयोजकमा महतो


सिरहा, मंसिर ३० गते । प्रेस चौतारी नेपाल र प्रेस संगठनको एकता सिरहा टुङ्गिएको छ । सिरहामा आज बसेको दुवै संगठनको भेलाले रामभरोसी महतोको संयोजकत्वमा एकता प्रकृयालाई अन्तिम रुप दिएको छ ।

प्रेस चौतारी नेपाल सिरहाको तत्कालिन अध्यक्ष रहेको रामभरोसी महतोको अध्यक्षतामा २१ सदस्सीय कार्यसमिति बनाइएको प्रेस संगठन नेपालका केन्द्रीय सदस्य दिलीप सिंहले बताउनुभयो । प्रेस संगठन नेपालको केन्द्रीय कार्यसमितिले गरेको सर्कुलर अनुसार सिरहामा तत्कालिन प्रेस चौतारीले नेतृत्व लिएको हो ।

संगठनको सिरहा सह-संयोजकमा रामभरोसी यादव, सदस्यहरुमा दिनेश देव, देवराज पोखरेल, अनिरुद्र ठाकुर, यमुना खनाल, फिरोज सिद्धिकी, शुभ नारायण कामती लगायत छन् । यसैगरी नवगठित कार्यसमितिको आजै बसेको पहिलो बैठकले आन्तरिक पर्यटनलाई प्रबर्द्धन गर्न पुस १९ गते जिल्लाको उतराहिनीमा बनभोज सहितको दोस्रो बैठक बस्ने निर्णय गरेको छ ।