जनता टाइम्स

३० मंसिर २०७६, सोमबार १९:२४

सामाखुशीमा यसरी ठोक्किए दुई सार्वजनिक बस


काठमाडौं, मंसिर ३०

काठमाडौंको सामाखुशीमा दुईवटा बस एकआपसमा ठोक्किएको छ । सामाखुशी चोकमा विपरित दिशाबाट आईरहेका दुई यात्रुवहाक बस एक आपसमा ठोकिएका हुन् । दुर्घटनामा चालक बसमा च्यापिएका छन् । उनको उद्दार कार्य जारी रहेको छ ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार साँझ सवा ६ बजेतिर दुईवटा बस ठोक्किएको हो । बस ठोक्किदा केही मानिस च्यापिएको र उद्दारका लागि प्रहरी घटनास्थलमा पुगेको महाशाखाका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।