जनता टाइम्स

१ पुष २०७६, मंगलवार १३:२०

राहदानी लिने महिलाको सङ्ख्या बढ्दो


रसुवा, पुस १

वैदेशिक रोजगारका लागि रसुवाबाट राहदानी लिने महिलाको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । निमित्त प्रशासक एवं सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईका अनुसार यस आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म राहदानी प्राप्त गरेका कुल ४०१ जनामध्ये ६० प्रतिशत महिला छन् । उनीहरुले विदेश जानकै लागि नेपाली नागरिकता लिने र त्यसको भोलिपल्टै राहदानी प्राप्तिको लागि आवेदन पेश गर्न थालेका छन् ।

चालू आवको साउनदेखि मङ्सिर ३० गतेसम्म नेपाली नागरिकता प्राप्त गर्नेको सङ्ख्या ३२६ जना र राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या करिब १ हजार ५०० पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।नेपाली नागरिकता, राहदानी, संस्थादर्ता, राष्ट्रिय परिचयपत्र प्राप्ति एवं स्थानीय प्रशासनबाट प्रदान गरिने विविध प्रकारका सेवा लिनका लागि दैनिक ३५ देखि ४० जना सेवाग्राही आउने गरेका छन् ।