जनता टाइम्स

२९ बैशाख २०७६, आईतबार ००:००

घरमा चट्याङ पर्दा नुवाकोटमा एकको मृत्यु


त्रिशुली, बैशाख २९

नुवाकोटको म्यागङ्ग गाउँपालिका–४ मा शनिबार राति परेको चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ। चट्याङमा परी ६८ वर्षीय निङ तामाङको घरभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। प्रहरीका अनुसार चट्याङ लागेर एक लैनो भैंँसी, चार बाख्रा र घरमा सामान्य आगलागी पनि भएको छ।