जनता टाइम्स

१ पुष २०७६, मंगलवार १८:४८

जेभियर इन्टरनेशनलले जित्यो अन्तर्राष्ट्रिय स्कूल अवार्ड


काठमाडौं, पुष १

लामो समयदेखी शिक्षामा सेवा पु¥याउदै आएको जेभियर इन्टरनेशनल स्कूल तथा कलेजले अन्तर्राष्ट्रिय स्कूल अवार्ड जित्न सफल भएको छ । राजधानीको कालोपुलमा रहेको सो कलेजलाई दुवईको अमिटी विश्वविद्यालयमा सोमबार आयोजित अन्तर्राष्ट्रिय अवार्ड समारोहमा सो अवार्ड प्रदान गरिएको हो ।

नेपालबाट जेभियर इन्टरनेशनलले एक्सेलेन्स टिचिङ अवार्ड प्राप्त गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष सल्लाहकार डा. दीपक बोहरा र अफगानिस्तानका डा.अताउल्लाह वाहिद्यारले जेभियर इन्टरनेशनलका कार्यकारी निर्देशक लोकवहादुर भण्डारी र दिपेन दाहाललाई अवार्ड हस्तान्तरण गरेका थिए ।

कार्यकारी निर्देशक भण्डारीले अवार्डले जेभियरलाई थप जिम्मेवार बनाएको बताउदै अझै गुणस्तर शिक्षा दिनुपर्ने चुनौति थपिएको बताउनु भयो । उहाले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्दै अन्तरास्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने गरी कलेज÷विद्यालय आउने समेत जानकारी दिनुभयो ।