जनता टाइम्स

३१ जेष्ठ २०८३, आईतवार ११:२५

एमालेले स्थानीय तल्ला कमिटी र कार्यकर्तासँग माग्यो स्थानीय तहका उम्मेदवारबारे राय


काठमाडौं, जेठ ३१ । नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौटका लागि नयाँ मापदण्डमाथि छलफल अघि बढाएको छ । पार्टीले मिसन जागरण अभियानमा परिपत्र पठाएर उम्मेदवार छनौट गर्दा अपाउने मुख्य तीन आधारबारे तलबाट राय मागिएको हो ।

परिपत्र अनुसार एउटै व्यक्ति पटकपटक दोहोरिने प्रवृति निरुत्साहन गरिने उल्लेख छ । उम्मेदवार छान्दा लोकप्रियता, कार्यक्षमता, इमानदारी, सामाजिक स्वीकार्यता, भूगोलको ज्ञान र जनसेवाको इतिहासलाई मुख्य आधार बनाउने उल्लेख छ ।

तल्लो कमिटीको सिफारिस भएका मध्येबाट केन्द्रले उपयुक्त ठानेकोलाई छान्ने, सम्बन्धित तहले सिफारिस गरेकामध्ये कुनै एकलाई व्यवहारिकताको आधारमा उम्मेदवार तोक्ने र जुन तहमा उम्मेदवार बनाउने हो सोही तहका तोकिएका पार्टी सदस्यको मतदाबाट छनौट गर्ने यी तीन विधिमाथि एमालेले छलफल गराउन लागेको हो ।

यीमध्ये कुन विधिबाट उम्मेदवार छान्ने भनेर यो अभियानमा पार्टी पंक्तिमा प्राथमिकता साथ छलफल गरेर निष्कर्षमामा पुर्याउने एमालेको सर्कुलरमा भनिएको छ ।