जनता टाइम्स

२ पुष २०७६, बुधबार १२:०३

फोटो पत्रकार सङ्घ कास्कीका अध्यक्षमा पौडेल


पोखरा, पुस २

नेपाल फोटो पत्रकार सङ्घ कास्कीको छैटौं अधिवेशनले प्रदीप पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सङ्घका उपाध्यक्षमा नारायणप्रसाद आचार्य, सचिवमा दुर्गाप्रसाद पौडेल, सहसचिवमा रमेश पुन, कोषाध्यक्षमा सुरेशकुमार श्रेष्ठ तथा सदस्यमा अशेष शाक्य र सञ्जय शाक्य सर्वसम्मतरूपमा चयन हुनुभएको हो ।

जनआन्दोलन २०६२/६३ अप्ठ्यारो अवस्थामा सङ्गठनको आवश्यकता महसुस गरी गठन गरिएको सङ्घले आन्दोलनको वृत्तचित्र, फोटो प्रदर्शनीजस्ता कार्यक्रम सम्पन्न गरिसकेको छ । सङ्घका गण्डकी प्रदेश अध्यक्ष राम गुरुङले अधिवेशनको उद्घाटन गर्दै फोटो पत्रकारिता पेशा चुनौतीपूर्ण भए पनि त्यसले समाजलाई पार्ने प्रभाव महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

सङ्घका अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।