जनता टाइम्स

२ पुष २०७६, बुधबार १२:००

राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका प्रकाशित, यस्तो छ कार्यतालिका


काठमाडौं, पुष २

निर्वाचन आयोगले माघ ९ गते हुने राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन तालिका प्रकाशन गरेको छ । निर्वाचनको लागि आज निर्वाचन आयोगले तालिका प्रकाशन गरेको हो ।

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६ अनुसार बुधबार निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो । फागुन २० गते १९ जना सांसदहरुको २ वर्षे कार्यकाल सकिँदै छ । कार्यकालका सकिएका १९ मध्ये १८ जनाको निर्वाचन हुने छ भने राष्ट्रपतिले सरकारको सिफारिसमा १ जना मनोनित गर्नेछन् । यसपटक नेपाली कांग्रेसलाई सबैभन्दा बढि घाटा हुने देखिन्छ ।

यस्तो छ कार्यतालिका