काठमाडौं, पुस २ । गृहमन्त्री रामबहादुर थापाले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँस्थित अध्यागमन कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । नेपाल भ्रमण वर्ष २०२० नजिकिदै गर्दा अध्यागमन कार्यालय सुधारको अवस्था बुझ्न गृहमन्त्री थापा विमानस्थल पुग्नुभएको हो ।
निरीक्षणको क्रममा गृहमन्त्री थापाले यात्रुहरुको प्रस्थान कक्ष, आवागमन कक्ष, प्रहरीको सिसिटिभी मोनिटरिङ कक्षलगायतको निरीक्षण गर्नुभयो । अनुगमनपछि गृहमन्त्री थापाले विमानस्थल तथा अध्यागमन कार्यालय पहिलेभन्दा निकै सुधार भएपनि यो अपर्याप्त रहेको भन्दै थप गुणत्मक सुधार गर्न निर्देशन दिनुभयो ।
अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अध्यामन सुधारको कार्ययोजनाअनुसार अहिले अध्यागमनमा नेपालको आफ्नो सफ्टवेयर ‘नेपाली पोर्ट’ निर्माणको कार्य र नयाँ भौतिक संचरना निर्माणको कार्य अन्तिम चरणमा पुगको जानकारी दिँदै अब अत्याधुनिक सुविधासम्पन्न अध्यागन कार्यालयको रुपमा यो सञ्चालनमा आउन लागेकोे जानकारी गराउनु भयो । निरीक्षणको क्रममा गृहमन्त्री थापा, प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार विष्णु रिमाल, गृहसचिव प्रेमकुमार राई, सुरक्षा निकायका उच्च अधिकारी सहभागी हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्