जनता टाइम्स

८ असार २०८३, सोमबार १०:२०

प्रदीप ज्ञवालीको मन्तव्य शालीन र राजनीतिक थियो, त्यसमा हुटिङ हुनु दुःखद : शंकर पोखरेल


काठमाडौं, असार ८ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा एमालेका निवर्तमान उपमहासचिव प्रदीप ज्ञवालीले मन्तव्य राख्ने क्रममा प्रतिनिधिहरूबाट गरिएको हुटिङप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महासचिव पोखरेलले रास्वपाको महाधिवेशनमा पार्टीका तर्फबाट प्रदीप ज्ञवालीले दिनुभएको मन्तव्य पूर्णतः राजनीतिक, शालीन र मर्यादित रहेको उल्लेख गर्नुभएको छ। ‘रास्वपाको महाधिवेशनमा पार्टीका तर्फबाट प्रदीपजीले दिनुभएको मन्तव्य पूर्णतः राजनीतिक र शालीन थियो। त्यसमा पनि हुटिङ ?!!’ भन्दै उहाँले प्रश्न गर्नुभएको हो।

आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण गरिएको थियो। सोही क्रममा एमालेका तर्फबाट मन्तव्य राखिरहनुभएका ज्ञवालीविरुद्ध महाधिवेशनका केही प्रतिनिधिले हुटिङ गरेका थिए।

महासचिव पोखरेलको प्रतिक्रियालाई सार्वजनिक भएपछि उक्त घटनाले राजनीतिक कार्यक्रमहरूमा फरक विचारप्रति सहिष्णुता र लोकतान्त्रिक संस्कृतिको विषयमा पुनः बहस सिर्जना गरेको छ।