जनता टाइम्स

३ पुष २०७६, बिहीबार ११:१६

उदयपुरमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु


उदयपुर, पुष ३

उदयपुरमा भारतीय नम्बर प्लेटको जीप दुर्घटना हुँदा तीन जनाको मृत्य भएको छ । उदयपुरगढी गाउँपालिका–३ मा आज विहान भारतीय एस के ०१ पिबी ३०६८ नम्बरको जीप पल्टदा सोही गाँउपालिकाका तीन जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परि उदयपुरगढी गाउँपालिका ३ का ६० वर्षीय सेतबहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्मालीमगर र ३६ वर्षीय मिन बहादुर श्रेष्ठको ज्यान गएको छ । भारतको सिक्किममा बसोबास गर्ने आफन्त भेटघाट गरि फर्कने क्रममा जीप दुर्घटनामा परेको जनाइएको छ । बिहान ७ः३० को समयमा भएको दुर्घनामा परि अन्य ५ जना घाईते भएका छन् । तीन जना गम्भीर घाइतेलाई बाहिर रेफर गरिएको छ भने दुई जनाको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भइरहको छ ।