जनता टाइम्स

३ पुष २०७६, बिहीबार १७:५८

कोरिया जाने परिक्षाको परिक्षाफल प्रकाशित (यसरी हेर्न सकिन्छ रिजल्ट)


काठमाडौं, पुष ३

दक्षिण कोरियाको सीप परीक्षणमा परिक्षा दिएका मध्ये ६ हजार ७ सय ७३ जना नेपाली उत्तीर्ण भएका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षामा उत्तीर्ण पछि सीप परीक्षण गरिएको थियो । कोरियाको मानव संसाधन विभागले अन्तिम नतिजा प्रकाशन गरेको हो ।

सन् २०१९ का लागि कोरियन भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सामेल भएका थिए । जसमा १२ हजार १० जना भाषा उर्त्तीण भएका थिए । भाषा परीक्षामा उत्तीर्ण भएका परीक्षार्थी भिडियोबाट सीप परीक्षण गरी अन्तिम नतिजा प्रकाशन गरेको हो । अब अन्तिम सूचीमा परेकाबाट रोजगारदाताले छनोट गर्नेछ ।

कोरियाले उत्पादन र कृषि क्षेत्रमध्ये कुनमा कति उत्तीर्ण भएको भन्ने खुलाइएको छैन । कोरियाले पहिलोपटक यसै वर्षदेखि सीप परीक्षण सुरु गरिएको हो । कोरियामा जाने कामदार अदक्ष र काम गर्न नसकेको भन्दै सीप परीक्षण गर्न थालिएको जनाएको छ । रिजल्ट हेर्न यहा क्लिक गर्नुहोस्