जनता टाइम्स

१९ असार २०८३, शुक्रबार ०७:१६

क्रोएसियालाई हराउँदै अन्तिम १६ मा सुरक्षित बन्यो पोर्चुगल, इन्जुरी समयको गोल नै निर्णायक


काठमाडौं असार १९ । क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । क्यानडाको टोरन्टोमा भएको रोमाञ्चक खेलमा पोर्चुगलले क्रोएसियालाई २-१ ले पराजित गरेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५२ औँ मिनेटमा क्रोएसियाका इभान पेरिसिचले गोल गर्दै अग्रता दिलाएका थिए ।

६६ औँ मिनेटमा पोर्चुगलले पेनाल्टीको माौका पाएको थियो । उक्त अवसरको सदुपयोग गर्दै क्रिस्टियानो रोनाल्डोले गोल गरे । उक्त गोलसँगै खेल १-१ को बराबरीमा आयो । इन्जुरी समयको ९२ औँ मिनेटमा गोन्सालो रामोसले गोल गरेपछि पोर्चुगल २-१ ले विजयी भएको हो । खेलको अन्तिम क्षणमा क्रोएसियाले बललाई जाली चुमाएका थिए ।

भीएआर परीक्षणपछि अफसाइड ठहर हुँदा उक्त गोलले मान्यता पाएन । पोर्चुगलले आगामी यात्राका लागि स्पेनको सामना गर्नेछ ।