काठमाडौं, असार २२ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालले बालेन शाह नेेतृत्वको आफ्नै दलको दुईतिहाइको सरकार असक्षम सावित भएको बताउनु भएको छ ।
सोमबार सामाजिक सञ्जालमा लेख्दै धितालले यस्तो ठोकुवा गर्नुभएको हो । राज्यका निकायले सुकुम्बासीको समस्या सम्बोधन गर्न नसकेको र सरकारको काम वाचापत्रअनुसार नभएको पनि धितालको भनाई छ।
‘आज सडकमा बगिरहेका सुकुम्बासीका आँसुले हामी सबैलाइ पोल्नुपर्छ’ बालेन सरकारको अमानवीय कामबारे सचेतक धितालले भन्नुभएको छ, ‘सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो। तर, के यो हाम्रो वाचापत्र अनुसार भयो? के अभिभावकीय राज्य यस्तै हुन्छ ?’
धितालले सरकारले संवेदनशीलताका आधारमा काम नगरेको र आतंक मच्चाएको पनि बताउनु भएको छ ।
‘जुन संवेदनशीलता, योजना र जिम्मेवारीका साथ यो कार्य अघि बढाइनुपर्थ्यो, त्यसरी भएन। यसले जम्माजम्मी राज्यको कमजोरी र असक्षमतालाई मात्र उजागर गर्यो,’ धितालले भन्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्