जनता टाइम्स

२३ असार २०८३, मंगलवार ०२:५३

अन्तिम समयमा मिकेलको गोलमा पोर्चुगलबिरुद्ध स्पेनको १-० को जित, रोनाल्डोको बिश्वकप यात्रा सकियो


काठमाडौं, असार २३ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गतको खेलमा स्पेनले पोर्चुगलविरुद्ध १-० को जित निकालेको छ ।

अमेरिकाको डलास स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पोर्चुगललाई १–० ले पारजित गर्दै स्पेन क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

दोस्रो हाफको इन्जुरी समयमा फेरान टोरेसको पासमा मिकेल मेरिनोले गोल गरे । उनको गोल नै स्पेनलाई बिश्वकमको क्वार्टर फाइनलमा पुर्यायो । स्पेनसँगको पराजयसँगै पोर्चुगल र कप्तान रोनाल्डोको बिश्वकप यात्रा सकिएको छ ।